नयाँ वर्षको अवसरमा एनसेलको नयाँ योजना – डेटा र एसएमएस सेवा अब ‘लोन’ मा

काठमाडौं, चैत २९ । एनसेलले डेटा र एसएमएस सेवा अब ‘लोन’मा पनि उपलब्ध गराउने भएको छ । एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग ‘मेन ब्यालेन्स’ नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिनसक्ने भएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले आफना ग्राहकलार्ई स,म्पर्कमा रहिरहन थप मद्दत पुर्‍याउँदै शनिबारबाट नयाँ योजना ल्याएको जनाएको छ । यस अफरअन्तर्गत् एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० ‘एसएमएस प्याक’ करसहित मात्र २० रुपैयाँमा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।

लकडाउनले गर्दा ग्राहकहरुलाई ब्यालेन्स रिचार्जमा समस्या परेको हुनसक्ने भन्दै एनसेलले यो नयाँ योजना ‘न्यू इअर अफर’ल्याएको जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।