मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा १९ बर्षीया युवती पक्राउ

मकवानपुर, ६ असार । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३-०३-००१-ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्धामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।