रूपन्देहीबाट उडेका सलह पाल्पा पुगे, बालीनाली सखाप हुने चिन्तामा किसान

काठमाडौं, असार १४ । रूपन्देहीको बुटवलबाट उत्तरपश्चिम उडेका सलह पाल्पामा देखिएका छन्। रूपन्देही जिल्लाको बुटवल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएका हुन्।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरे।

जिल्लाका आर्यभञ्ज्याङ, राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन्।

तानसेन नगरपालिका तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालमार्फत किसानलाई स्थानीय स्रोत÷साधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।