छाब्दी बाराही मन्दिरको शंख चोरी

तनहुँ,असार १४ । धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ ।

सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए ।

मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयवासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए।

स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइएको व्यास–१४ का वडाध्यक्ष काजीराम श्रेष्ठले बताए। तोकिएको समयअवधिमा अनावश्यक हिँडडुल गरेमा कानूनअनुसार कारवाही गरिने निर्णय भएको उनले जानकारी दिए । रातको समयमा मन्दिरमा पसेर चोरी गर्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।