भाेलिबाट हावा पश्चिम बहन्छ, सलह त्यतै जाने अनुमान

जमुना धमला/काठमाडौँ, असार १४ गते । अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो कीरा हावाको दिशा पछ्याएर १०० देखि १३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । नेपालमा विगत दुई– तीन दिनदेखि मनसुनको अरेबियन शाखाबाट बहने पश्चिमी दक्षिणी–पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ । मौसमविद्का अनुसार सोमबार र मङ्गलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुनेछ । उक्त दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने औँल्याइएको छ ।

मङ्गलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन जमिनको सतहभन्दा एक मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुनेछ । त्यसैले हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ ।

सलह, फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ । वरिष्ठ कृषि विज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । यसले खाद्य बाली मात्र नभई रुखबिरुवा, बुट्यान सबै सखाप पार्छ ।

त्यसैले यसलाई खतरनाक कीरा प्रजातिका रुपमा व्याख्या गरिएको छ । सलहकाे जन्म मरुभूमिबाट भएको हो । यसलाई बढी सुख्खा वातावरण आवश्यक पर्छ ।

सलहको जोखिम नेपालमा कस्तो होला

सहल कीरा बढी सुख्खा ठाउँमा हुने कीरा हो । नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पानीले भिजेपछि ती कीराको जिउँ गह्रुँगो हुनाले उड्न सक्दैन । नेपालको पहाडी भूभागसम्म आइपुग्ने सम्भावना कम रहेको बताइएको छ ।

यसले धेरै क्षति कसरी गर्छ

यो कीराले प्रायः धेरैजसो बोटबिरुवा तथा वनस्पति खान्छ । प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । यसले बिरुवाको पात, फल, फूल, बोक्रा सबै नष्ट गरी क्षति पु¥याउँछ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।