खानेपानी योजनामा नक्कली उपभोक्ता समिति खडा

डोटी, असार १८ गते । सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ ।

प्राप्त जानकारीअनुसार नक्कली ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ बनाएर रकम खाने योजना बनाएको स्थानीयवासीले चाल पाएपछि यो खबर बाहिर आएको हो । उपभोक्ताहरुको भेला नै नबोलाई कीत्र्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की रकमसमेत लिएको स्थानीय रमेशबहादुर साउदले आरोप लगाउनुभयो । स्थानीय धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसँग सम्झौताको कागज बनाउँदासमेत कसैलाई पनि उपस्थित नगराइएको उहाँको भनाइ छ । उक्त समिति गएको जेठ १२ गतेका दिन गठन गरिएको पाइएको छ ।

विसं २०७६ साल फागुन महिनामा सबै उपभोक्ताहरुको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भइसकेको भए पनि उक्त समितिसँग सम्झौता नै नगरी गोप्यरूपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाइएको बताइएको छ । ओझाले भन्नुभयो, “हामीलाई कुनै जानकारी नगराई समिति गठन गरेर काम भएको रहेछ, सबै कागजात नक्कली बनाइएका छन्, हस्ताक्षर कीत्र्ते गरिएको छ, कारवाही हुने की नहुने रु”
उक्त खोपानी समितिमा अर्कै सडकको योजनाको समितिमा उपस्थित भएकाहरुको हस्ताक्षरसहितको कागजलाई ल्याएर खानेपानी समितिको फाइलमा राखेर उपस्थिति देखाइएको आदर्श–२ का अर्का स्थानीय नवराज ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा अध्यक्षलगायतको मिलेमतोमा काम अगाडि बढेको हो, यो कुरा उपभोक्ताहरु कसैलाई थाहा छैन्, सबैले मिलेर पैसा खान खोजेका हुन् ।” रु तीन लाख रकम रहेको उक्त खानेपानी योजनाको ७५ हजार पेस्की लिएर नयाँ बनेको समितिले काम अगाडि बढाएको छ ।

समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गर्नुभएको छ । “समिति गठन गर्दा सबैसँग सल्लाह हुन सकेन”, साउदले भन्नुभयो, “एकरदुई जनासँग मौखिक सल्लाह गर्दा हुन्छ भने, मैले पनि काम अगाडि बढाएँ, यस्तो होला भनेर थाहा पाएन ।” स्थानीय तीर्थ रौतेडाले सबै नक्कली कागजात मिलाएर सहयोग गरिदिएको अध्यक्ष साउदले जानकारी दिनुभयो ।

उता सो वडाका वडाअध्यक्ष रामबहादुर बोहराले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्नुभएको छ । “सडकको समितिको माइन्युटलाई ल्याएर यो समितिमा उपस्थिति जनाएका रहेछन्”, वडाअध्यक्ष बोहराले भन्नुभयो, “कानूनमा नमिल्ने काम भएको अहिले थाहा पाएँ, नक्कली प्रक्रियाबाट उपभोक्ता समिति गठन भएको भए छानबिन गर्छौँ ।”

अहिले काम रोकिएको र पेस्कीअनुसारको काम भए नभएको अनुगमन गर्ने र यदि काम भएको छैन भने समितिबाट असुलउपर गर्नेसमेत वडाध्यक्ष बोहराले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले समिति नक्कली बनाएर पेस्की लिएको प्रमाणित भए काम रोकेर कारवाही गरिने बताउनुभयो । उहाँले आफूलाई अहिलेसम्म सो सम्बन्धमा कुनै जानकारी नआएको बताउनुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।