एक हजार खरका छाना विस्थापन गरिने

घोडाघोडी,असार १८ गते । कैलालीमा करीब एक हजार खरका छाना विस्थापन गरिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९४९ घरका छाना फेरिने भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार स्थानीय तहका खरले छाएको घरको छाना फेर्न पहिलो चरणमा बजेट विनियोजन गरिएको हो । तीन वर्षभित्र देशभरका सबै खरका छाना विस्थापन गरिने केन्द्रीय सरकारको नीतिअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि करीब हजार घर परेको प्रतिनिधिसभा सदस्य झपट रावलले जानकारी दिनुभयो ।

स्थानीय तहको सिफारिसमा आफ्नो पहलमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले रकम दिइएको सांसद रावलले जानकारी दिनुभयो । सोअनुसार आगामी आर्थिक वर्षमा लम्किचुहा नगरपालिकामा ३०२ तथा गाउँपालिका मोहन्याका ३३८, बर्दगोरियाका १५६ र जानकीका १५३ घरका खरका छाना विस्थापन हुने भएका हुन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।