सडक विभागका इञ्जिनीयरविरुद्ध मु’द्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनीयर भरतराज आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो । आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव ओभरसियर पदमा २०४१ असोज १२ मा अस्थायी रुपमा प्रवेश गरेको र २०४३ असार ३१ गते ओभरसियर पदमा स्थायी नियुक्ति लिएको पाइएको छ । आयोगले २०६४ वैशाख १ गते इञ्जिनीयरमा पदोन्नति भएका आचार्य सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेको पाइएको छ ।

सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद गरेको, घर निर्माण, सवारी साधन खरिदलगायतमा खर्च गरेको पाइएको आयोगले जनाएको छ । आयोगले २०७६ जेठसम्म गरेको अनुसन्धानका क्रममा आचार्यले रु दुई करोड सात लाख ७९ हजार ९८६ बराबरको सम्पत्ति वैधरुपमा आर्जन गरेको देखिएको जनाएको छ । यस्तै, रु पाँच करोड २९ लाख ४२ हजार ४६६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयको तुलनामा खर्च बढी भएको पाइएकाले रु तीन करोड २१ लाख ६२ हजार ४८० बराबरको सम्पत्तिको वैध आय स्रोत देखिएको छैन ।

आयोगले आचार्यको श्रीमती रितादेवी खनाल आचार्यको नाममा समेत राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गरेको छ । आयोगले बिगोसमेत असुल उपर गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले आजै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेका रुपमा कार्यरत विश्वनाथ कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै कुर्मीले एक सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोग लागेको छ । आयोगले बिगोअनुसारको कारवाहीको माग गरेको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।