कर्णालीमा सङ्क्रमितभन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि

सुर्खेत – कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।

दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

“शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको सङ्ख्या एक हजार १७८ पुगेको छ”, महाशाखा प्रमुख डा तिवारीले भने, “यसले बाँकी रहेका ३०५ सङ्क्रमितको मनोवल बढेको छ ।” कर्णालीका सङ्क्रमितमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए ।

दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा नारायण नगरपालिकाका आठ र एक डुङ्गेश्वर गाउँपालिका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १०५ जना स्थानीय सङ्क्रमित यससँगै कर्णालीमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय सङ्क्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय सङ्क्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् । अधिकृत कँडेलले भने, “२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना सङ्क्रमण देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।” कोरोना सङ्क्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।