नेपालमा घुम्दै सलहका विखण्डित झुण्ड, अझ ठुलाे संख्यामा आउने सम्भावना

काठमाडौं, असार ३० । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन।असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलह कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ। नेपालमा त्यसले उत्पादन मै असर गर्ने गरी ठूलो क्षति भने नपुर्‍याएकाे कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘केही ठाउँमा सामान्य क्षति गराएको भएपनि उत्पादन मै असर गर्नै गरी क्षति पुर्‍याएको छैन, मुख्य गरी हामीलाई मौसमले साथ दियो, त्यसपछि किसान आफैँ सक्रिय भएर धेरैबेर अडिन दिएका छैनन्, त्यसैले बालीनाली जोगिएको छ।’

किसानले विभिन्न उपाए अपनाएर बालीमा पाँच मिनेट पनि बस्न नदिएकाले क्षति हुनबाट रोकिएको छ। त्यसपछि मौसम सक्रिय हुँदा सलह सक्रिय हुन पाएको छैन। ठूलो क्षति नभए पनि के कस्तो क्षति बनाएको छ भनेर विवरण संलनको काम जारी रहेको केन्द्रले जनाएको छ।

यसपटक सबै स्थानीय तह कृषि प्राविधिक र केन्द्रको समन्वयमा सूचना प्रणालीलाई व्यवस्थित गर्दा पनि बेलैमा सावधानी अपनाउन सकिएको हो। शुरुको समयमा झण्डै ८० देखि ९० लाखको हाराहारीको फरकफरक झुण्ड नेपालमा आएको थियो। त्यो छिन्नभिन्न भएर सानासाना झुण्डमा परिणत भयो। मौसम अनुकूल नहुँदा कति मरेर गए भने झुण्ड टुक्रिँदै जाँदा प्रभावहिन बन्न पुग्यो। पहिलो चरणमा आएको केही विखण्डित झुण्ड अझै पनि विभिन्न जिल्लामा सक्रिय छ। हिमाली जिल्ला प्रवेश गरेको झुण्ड भने मरेका छन्। अहिले घुमिरेहका झुण्ड भने कमजोर खालको छ।

पछिल्लो पटक आइतबार भारतको बहराइच र सीतापुरबाट विखण्डित सलहको समूह नेपाल प्रवेश गरेको थियो। नेपालमा दाङ जिल्लाबाट प्रवेश गरेको उक्त केही हजारको झुण्ड प्यूठानको माण्डवी र झिमरुक गाउँपालिका तथा प्यूठान र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएर बसेको थियो। अहिले उक्त भुण्ड कहिले आकाशमा घुम्ने, कहिले जङ्गलमा बस्ने र कहिले किसानका खेतमा आउने गरिरहेको छ। केही रोल्पा मोडिएको छ।

बालीमा बस्न लागेको अवस्थामा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिएपछि उत्तर–पश्चिमतर्फ लागेको केन्द्रले जनाएको छ। त्यसका केही समूह भने प्यूठानमै पनि रहेको छ। सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा लगाएर प्यूठानका किसानले खेतबाट सलह धपाएका थिए।

भारततर्फको सिमावर्ती क्षेत्रामा रहेको करिब १० हजारको एउटा झुण्ड नपलपरासीको त्रिवेणी गाउँपालिकाबाट प्रवेश गरेको थियो। अहिले त्यो झुण्ड जंगलमा आश्रय लिई धानखेतमा आउने जाने गरिरहेको छ। हाल वर्षात् भइरहेकाले खासै नोक्सानी गर्न नसकेको विज्ञले बताएका छन्। कीटविज्ञ तथा सलह अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य समुन्द्रलाल जोशी नेपालमा सलहले खासै क्षति पुर्‍याउन नसकेको बताउँछन्।

‘जसरी क्षति गर्नुपर्थ्याे सकेको छैन, एक त लगातार पानी परिरहेको छ, अर्को किसानले अवरोध गरिरहेका छन्, धेरै समय खेतीबालीमा बस्न नपाउँदा क्षति रोक्न सकिएको छ’, जोशीले रासससँग भने।
उनले अहिलेसम्म ५४ जिल्लामा सलह देखिइसकेको बताए।

शुरुमा असार १३ देखि १६ सम्ममा प्रवेश गरेकामध्ये छरिएर गएका सानो सङ्ख्याका सलहले अझै बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोटलगायतका जिल्लामा आफ्नो उपस्थिति देखाइरहेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ को दक्षिण पश्चिम र अन्य भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेकोले नेपाल छिरेको थियो। आज सुदूरपश्चिममा दक्षिण–पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहेको छ। बुधबारदेखि भने दक्षिण–पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने पूर्वानुमान गरिएको छ। आज र भोलि जति प्रवेश गर्छ, त्यसपछि केही दिन प्रवेश गर्ने सम्भावना नरहेको केन्द्रका प्रवक्ता सुवेदीले बताए।

अबको दुई दिन भने भारतको सीमावर्ती क्षेत्रमा छरिएर रहेका केही झुण्ड सलह अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रमा दक्षिण–पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले केन्द्रले तराई क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन अनुरोध गरेको छ। नेपालमा सोमबार प्रवेश गरिसकेका सलहको हकमा वायुको सहारामा उत्तर–पश्चिमतर्फ अगाडि बढ्न सक्ने सम्भावना देखिएको छ।

यस्तै भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्नसक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारीमा रहनसमेत सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।