प्रदेश १ सहित यी ठाउंमा कतै हल्का, कतै मध्यम, कतै भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १ । आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले (बिहान) पनि देशभर मौसम आंशिक बदली (कतै बादलले ढाकेको, कतै उघ्रेको) छ भने एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा ठूलो (भारी) वर्षाको समेत सम्भावना रहेको माहशाखाले जारी गरेको मौसम पूर्वानमुान बुलेटिनमा उल्लेख छ।

यस्तै राति पनि दिउँसोजस्तै वर्षाले निरन्तरता पाउने सम्भावना छ।

महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ साथै एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।