वर्षाले कृषि बालीमा क्षति, तरकारीको मूल्य बढ्यो

चितवन, साउन १० । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ। बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति गरेको बताए। उनका अनुसार पहाडी क्षेत्रमा पहिरोले क्षति पु¥याएको छ भने नदी तथा खोला किनारका बालीमा बाढी पसेर क्षति पुगेको छ। कतिपय बालीमा आवश्यकताभन्दा बढी पानी जम्न गई बालीलाई क्षति पुगेको ढकालले बताए।

डुबानका कारण भरतपुर महानगरपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, केरा र तरकारी बालीमा क्षति पुगेको छ। महानगरअन्तरगत नारायणी नदी तटीय क्षेत्रमा रहेका वडाका कृषि बालिमा बढी क्षति भएको ढकालले जानकारी दिए। महानगरका–२६, २७, २८ १६, १८ र १९ मा बढी मात्रामा क्षति पुगेको छ। भर्खर लगाइएको धान बालीमा बाढी पस्दा धानको रोपो नै बगाएको छ भने कतिपय ठाउँमा लामो समय रोपो पानीले पुरिँदा मर्ने र पहेँलो हुने समस्या देखिएको छ।

यस्तै जिल्लाका कालिका नगरपालिकामा मुख्यरुपमा धान, मकै र केरा खेतीमा वर्षाले क्षति पु¥याएको छ। कालिकाको पदमपुर क्षेत्र केरा खेतीका लागि प्रख्यात छ । केरा खेतीमा पानी जमेका कारण विरुवा मर्ने, ढल्ने समस्या देखिएको ढकालले बताए। जिल्लाको पहाडी ईच्छाकामना गाउँपालिकामा कतिपय स्थानमा सानातिना पहिरोले पनि कृषि बालीमा क्षति पुगेको ढकालले बताए। विशेष गरी मकै बालीमा क्षति पुगेको उनले जानकारी दिए।

ढकालले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाएर राहतका लागि पहल गरिने बताए। क्षति भएका ठाउँमा प्राविधिको सिफारिसमा वैकल्पिक खेतीका लागि कृषकलाई आग्रह गरिएको छ।‘बाली क्षति भएका र बढी पानी जमेका ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही अनुसारको नयाँ बाली लगाउन कृषकलाई सुझाव दिइरहेका छौँ’, उनले भने।

भरतपुर महानगरपालिका–२८ का वडा अध्यक्ष आशबहादुर कुमालले आफ्नो वडाको ७० विघा हाराहारी जमिनमा लगाइएको बाली एक हप्तादेखि डुवानमा परेको बताए। उनले भने, ‘वर्षा शुरुभएदेखि डुवेको बाली अझै देखिएको छैन। पानीले डुबाएर राखेको छ।’ भण्डारण गरेको धान र मकैमा पानीले क्षति पु¥याएको कुमालले बताए।

भरतपुर २७ का किसान दीपक तामाङले बाढीले आफ्नो सबै धानखेत डुबाएको बताए। ‘भर्खर रोपेको धान त डुबायो डुबायो, तयारी गरेर राखेको मकै र तोरी पनि नोक्सान भयो’, उनले भने। चितवनमा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती र सात हजार १०० हेक्टरमा तरकारी खेती हुने गरेको छ।

तरकारीको मूल्य बढ्यो
जिल्लाका समथर भू–भागमा अहिले तरकारी खेती कम हुने गर्दछ भने पहाडी क्षेत्रमा केही मात्रामा तरकारी खेती हुने गरेको छ। बाढीपहिरोले बाटो बन्द हुँदा तरकारीको मूल्य बढेको छ।

महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको बताए। उनले भने, ‘धादिङ, मकवानपुर, भक्तपुरलगायत उपत्यका आशपासका पहाडी जिल्लाबाट आउने तरकारी समयमा आउन सकेको छैन। ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको छ।’

त्यस्तै तरकारी व्यवसायी रामराज पाण्डेले लकडाउन र बाढीपहिरोले चितवनमा खोजेको तरकारी पनि पाउन नसकेको बताए। उनले तरकारी माग बमोजिम उपलब्ध नहुँदा मूल्य स्वभाविकरुपमा बढेको बताए। उनले भने, ‘बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्यले आकाश छुन्छ।’ उनका अनुसार लकडाउनमा चितवनको तरकारी नष्ट गरेको घटना र डुबानले गर्दा पनि किसानले तरकारीबारी मासेर धानखेती गर्न थालका छन्।

उनले १० क्विटल आवश्यक पर्ने तरकारी पाँच केजी पनि पाउन नसकेको बताए। चितवनमा बाढी पहिरो जानुअघि क्रेटको ६०० पर्ने टमाटर अहिले ८५० सम्म पुगेको चितवनका व्यवसायी बताउँछन्। बन्दा बिक्ने समयमा नै नभए पनि बोराको ९०० सम्ममा बिक्री भइरहेको छ। निर्देशक धितालले बाढी र डुबानका कारणले सबै तरकारीमा प्रति केजी रु पाँचसम्म बढेको जानकारी दिए। यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने उनले बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।