दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

कृष्ण न्यौपाने, दमौली । नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिनुभयो । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् ।

सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी नेपाली मजदूरलाई दशैं बिदा दिइएपनि चिनियाँ मजदूरले काम गरिरहेको प्रमुख घिमिरेको भनाइ छ । “दशंै लगत्तै काममा फर्किने गरी नेपाली कामदारलाई दशैं मनाउन बिदा दिएका छांै, पचास जना चिनियाँ कामदारले दशैंको अवधिमा पनि काम गर्छन्,” उहाँले भन्नुभयो, “एक जना भारतीय प्राविधिक पनि आइपुगेका छन्, दशैंको अवधिमा विद्युत्गृहमा एउटा उपकरण जडान गर्ने काम हुन्छ ।”

सिनो हाइड्रोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ र विद्युत्गृह निर्माण तथा हाइड्रो र इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गत कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार एक सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

आयोजनाको सहयोगमा बाटो कालोपत्र

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले व्यास नगरपालिका–५ पाटनमा सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न गरेको छ । आयोजनाको सहयोगमा व्यास नगरपालिकामार्फत् कार्यान्वयन भएर वाराहीचोकदेखि भिमसेनचोकसम्मको पाँच सय मिटर सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न भएको हो ।

आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व वहनअन्तर्गत रु दश लाखको सहयोगमा बाटो कालोपत्र गरिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो । यसैगरी आयोजनाले सोही वडास्थित राष्ट्रिय परोपकार महासङ्घमा भान्साघर निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

उक्त काम दशैं लगत्तै शुरु हुने उहाँको भनाइ छ । आयोजनामार्फत् नै चापाघाटसम्म सडक बत्ती मर्मत गरिएको छ । ऋषिङ गाउँपालिकाका स्थानीयवासीले राखेका विभिन्न माग पनि प्राथमिकताका आधारमा सम्बोद्धन गरिने प्रमुख घिमिरेले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।