कार्यालय भएकै स्थानमा टीका – शक्तिपीठमा सुनसान

स्याङ्जा । वालिङ नगरपालिका–१२ का डोलराज पराजुलीले यसवर्ष पहिलोपटक घर बाहिर दशैको टीका लगाउनुप¥यो । विश्वव्यापी कोरोना महामारीका कारण पराजुली जन्मघरमा जान नपाउनुभएको हो ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत पराजुलीले भन्नुभयो, “विगतका दशैँमा गाउँघरमै पुगेर टीका लगाउने गरेको थिएँ, यो वर्ष कोरोना सङ्मण बढ्दै गएकोले आवतजावतमा समेत समस्या हुने र सरकारले समेत जो जाहाँ बसेको छ त्यही ठाउँमा चाडबाड मनाउन भनेकोले कर्मथलो पोखरामै दशैँ मनाइयो ।”

कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण धेरैको यसपालिको दशैँ आफ्नो घरमा सीमित बन्न पुग्यो । रोजगारी र व्यावसायका क्रममा विदेशमा रहेकाहरुले उतैबाट दशैँ मनाए भने स्वदेशका शक्तिपीठहरुमा भीडभाड र बलि दिने कार्यक्रम भएनन् ।

वालिङ नगरपालिका १२ मा रहेको लोकप्रित अकलादेवीको मन्दिरमा दर्शनमा रोक लगाइएपनि यहाँ भारत गोरखपुरबाट समेत आउने दर्शनार्थी यसपल्ट देखिएनन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवीराज गुरुङले स्वास्थ्य जोखिमका कारण भीडभाडमा रोक लगाइएको बताउनुभयो । मन्दिरका पुजारी गम्मरसिङ गुरुङले सो मन्दिरमा भक्तजनले भाकल गर्ने र मनोकाङ्क्षा पूरा भएपनि बलि र भेटी लिएर आउने गरेको बताउनुभयो ।

सो मन्दिरमा बाख्राको पाठी र कुखुराको पोथीको मात्रै बलि चढाइन्छ । शाकाहारीले भने दूध चढाउने गर्दछन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले आलमदेवी मन्दिरमा पनि कोरोना जोखिम भएकाले पूजापाठमा पनि रोक लगाइएको जनाउनुभयो ।रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।