यसपाली दशैँमा आपराधिक घ ट ना न्यून
काठमाडौँ । यसपाली मुलुकमा दशैँको मुख्य दिनमा ठूला दु,र्घ,टनाहरु भएनन् भने आपराधिक घ,टनामा समेत कमी आएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घ,टना तथा दु,र्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दशैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घ,टना नभएको बताउनुहुन्छ । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घ,टना रोक्न सफल भएको उहाँको दावी छ ।
दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घ,टना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताउनुभयो । यस्तै यो अवधिमा ३३४ सवारी दु,र्घटना भएका छन् । उक्त दु,र्घटनाका कारण ४३ को मृ,त्यु भएको र ५१९ जना घा,इते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समग्रमा दशैँको समयमा सबै घ,टनाहरु न्युन रहेको प्रहरीले जनाएको छ । यस बीचमा ठूला दु,र्घटना पनि हुन पाएन । सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो ।
गत वर्ष दशैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ । उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृ,त्यु भएको थियो । काठमाडौँ उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घ,टना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २९४ सवारी दु,र्घटनामा ९ को मृ,त्यु भएको र २७८ जना घा,इते भएको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष भने ४०० भन्दा बढीको दु,र्घटना भएको थियो । त्यसमा १० जनाको मृ,त्यु र ३१८ जना घा,इते भएको महाशाखाले जनाएको छ ।


