लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा

काठमाडौँ, १२ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधँै लाग्ने बताउनुभएको छ ।

कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उहाँले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताउनुभएको हो । “संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पार्नुभयो । कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुशी रहेको उहाँको भनाइ छ ।

सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख गर्नुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विश्वभर निधिको विचार लागू हुँदै गएको सभापति देउवाको भनाइ थियो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनःस्थापित संसद्मा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अदालतको निर्णय कांग्रेसले स्वीकार गर्ने बताउँदै अदालतको आदेशसँगै वर्तमान प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख गर्नुभयो । संसदीय प्रक्रिया अहिंसा र शान्तिपूर्ण बाटो भएको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले सादा जीवन उच्च विचारका व्यक्ति निधि भएको भन्दै निधिको आदर्श र सिद्धान्तबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताउनुभयो ।

अहिंसाबाट गरेको आन्दोलन सफल हुने धारणा राख्ने निधि गान्धीवादी नेता भएको उहाँको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले कांग्रेसले अहिले सत्ताको लोभ गर्न नहुने धारणा राख्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री तीर्थराम डङ्गोल, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, प्रा डा आनन्दप्रसाद आचार्यलगायतले मुलुकको विकासका लागि शान्ति र अहिंसाको बाटो उपयुक्त हुने बताउनुभएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।