आ’रोपितको डिएनए परीक्षण गरिँदै

बैतडी, १६ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ह त्यामा संलग्न रहेको आ रोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ ।

डिएनए परीक्षणका लागि र गतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भ जाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा वि भत्स र नि र्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।

आ रोपितको तेस्रोपटक म्याद थप

भागरथीको ह त्यामा संलग्न दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ । अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो । यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो । शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ । उहाँले भन्नुभयो, “आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अनुसन्धानमै छौँ । अहिले नै सबै कुरा भन्न मिल्दैन ।” दिनेश ना बालक रहेकाले २१ दिनभित्र हि रासतमा राखेर अ नुसन्धान सक्नुपर्ने हुन्छ । सोहीअनुसार अ नुसन्धान कार्य जारी रहेको हो ।

दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफूले नै भारगथीको ब लात्का रपछि ह त्या गरेको स्वीकारेका थिए । जिल्ला अस्पतालमा गरिएको भागरथीको शव परीक्षण रिपोर्टमा पनि ब लात्का रपछि ह त्या भएको उल्लेख छ ।

भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । दिनेश र भागरथी एउटै गाउँका हुन् । उनी दुवैबीच दिदीभाईको नाता पर्दछ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।