एक लाख ऋणबाट ११ होटलको मालिक

नारायण अधिकारी,चितवन, २४ फागुन । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।

नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गर्नुभयो ।

मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उहाँले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गर्नुभयो । पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गर्नुभयो । पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।” रु ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट उहाँले पसल शुरु गर्नुभयो ।

सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।” आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उहाँले प्रेसिडेन्ट होटल शुरु गर्नुभयो ।
होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उहाँले भन्नुभयो, “पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।” क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यतिबेला उहाँसँग एक साझेदार पनि थिए ।

निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्काे घर लिएर उहाँले होटल शुरु गर्नुभयो । दुवै होटलको सफलताले उहाँलाई त्यतिकैमा रोकिन मन लागेन । उहाँले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गर्नुभयो । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गर्नुभयो ।

होटलको व्यवसाय फस्टाउँदै गएपछि उहाँलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गर्नुभयो । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उहाँलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो ।

भरतपुरमा सेकुवाको व्यापार शुरुसँगै उहाँलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार शुरु गर्नुभएको छ । चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उहाँले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याउनु भएको छ । उहाँले भन्नुभया,े “हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।”

उहाँको व्यवसायमा एकपछि अर्काे गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उहाँले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दै हुनुहुन्छ भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गर्नुभएको छ । रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उहाँको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिनुभएको छ ।

व्यापारमा गरेको आम्दानीले अर्काे होटल र रेष्टुराँ खोल्दै चेनको विकास उहाँले गरिरहनुभएको छ । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उहाँको चाहना छ । उहाँले भन्नुभयो “काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु ।” होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उहाँले भन्नुभयो “अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।” २५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउनुहुँदै उहाँले भन्नुभयो “धेरैलाई साहँु बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।”

‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लाग्नुभएका उहाँले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पु¥याएका कारण सफलता मिलेको बताउनुभयो । एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न रु ५० लाखदेखि रु दुई करोडसम्म खर्च भएको उहाँको भनाइ छ ।
कम खर्चमा बनेको सुन्धाराको होटलमा रु ५० लाख लगानी भएको बताउँदै उहाँले भरतपुरको सेकुवामा रु दुई करोड खर्च भएको जानकारी दिनुभयो ।

व्यवसायसँगै उहाँले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आउनुभएको छ । चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उहाँले समय समय सहयोग दिँदै आएको बताउनुभयो । व्यवसायमा उहाँलाई भाइ कृष्ण भण्डारीसहित परिवारको साथ र सहयोग छ । सेवाग्राहकीको मायाकै कारण सफलता मिलेको बताउनुहुने उहाँले स्वदेशमै मिहिनेत ग¥यो भने सफल होइन्छ भन्नुभयो । आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय शुरु गरेको स्मरण गर्दै उहाँले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गर्नुभयो । उहाँको सुझाव छ “क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत ग¥यो भने सफलता मिल्छ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।