बेनी–लम्भीहिल–भकुण्डे सडकको स्तरोन्नति

गलेश्वर, १ चैत । म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर सडकखण्डको हाडेभिर–लभ्लीहिल खण्डमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।

पछिल्लो समय निकै चर्चामा आएको प्रसिद्ध पर्यटकीयस्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्नतिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि वडा नं २ भकुण्डेचौरस्थित वडा कार्यालयसम्म विस्तार गरिने वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

अध्यक्ष थापाका अनुसार यस वर्ष हाडेभिर–लभ्लीहिल खण्डमा १८७ थान ग्याविन जाली, ४२० मिटर पक्की नाली, एक ठाउँमा क्रस र तीन हजार २०० मिटर कच्ची नाली निर्माणका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी नीरज भण्डारीलाई जिम्मा दिइएको छ । विसं २०६७ मा ट्रयाक खुलेको साढे सात किमी दूरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं खर्च गरिएको भए पनि सडकको स्तरोन्नति हुन सकेको थिएन ।

पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ । यसपटक भने नाली निर्माण र ग्याविन पर्खालसहित स्तरोन्नतिको काम थालिएकाले स्थानीयवासी आशावादी बनेका छन् । सो सडकको स्तरोन्नति भएपछि पर्यटकीयस्थल लभ्लीहिलमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।