धनकुटाका तीन सहित कम्वोडिया पुगी १० महिना अलपत्र परेका २७ जना नेपाली स्वदेश फर्किए
धनकुटा । दलालहरु मार्फत कम्वोडिया पुगी १० महिना अलपत्र परेका धनकुटाका तीन सहित २७ जना नेपाली स्वदेश फर्किएका छन् ।
सागुरीगढी गाउँपालिका ९ का हरी कुमार राई,शहिदभूमी गाउँपालिकाका २ छिन्ताङका किसान राई र केदार स्नेहा राई मार्फत वैदेशिक रोजगारका लागि कम्वोडिया पुगेर काम नपाई पीडित वनेका आफुहरु एनआरएनको सहयोगमा घर फर्किन सफल भएको पीडितहरुले वताएकाछन् ।
एनआरएनको सहयोग सहित आ आफ्नै घरबाट रु १÷१ लाख रकम पठाउन लगाएर आफुहरु फर्किएको धनुकटाको पाख्रीवास नगरपालिका १० का पीडित मेहेरमान तामाङले वताउनुभयो । आफुहरुलाई ठग्ने व्यक्तिहरुको खोजिका लागि सरोकारवाला संस्था, प्रहरी प्रशासन तथा स्थानिय सरकारले सहयोग गर्ने उहाँले अपेक्षा गर्नुभएको छ ।
विदेशबाट फर्किएपछि सम्वन्धित स्थानिय सरकारका प्रमुखहरुलाई भेटेर आफुहरुको समस्या राखेको तर अहिले सम्म कुनै पहल नभएको उहाँले गुनासो गर्नुभएको छ । ती दलालहरुले आफुहरुबाट प्रतिव्यक्ति नगद साढे ५ लाखको दरले पैसा लिएर कम्वोडिया लगेको पीडितहरुको भनाई छ ।


