मुख्यमन्त्री राई हेलिकोप्टर चढेर ससुराली होइन, एमालेको कार्यक्रममा जानु भएको हो

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली गएको भनेर केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले बताउनुभएको छ ।

मुख्यमन्त्री राईसँगै मकालु पुग्नुभएका एमाले केन्द्रीय सदस्य गाैतमका अनुसार फागुन १३ गते मकालु गाउँपालिका-२ सेकुवा बजारमा आयोजना भएको कार्यक्रममा सहभागी हुन जानु भएको हो । गौतमका अनुसार विहान गएर सोही दिन साँझ उहाँहरू काठमाडौं फर्कनु भएको हो ।

‘यतिबेला हाम्रो नेतृत्व र हामीलाई अनेक ढंगले हमला गर्ने प्रयास भएका छन्,’ गौतमले भन्नुभयो, ‘त्यसकै एउटा रूप हो यो । मुख्यमन्त्री ससुराली होइन एमालेको कार्यक्रममा जानुभएको हो । मुख्यमन्त्री ज्यूकी धर्मपत्नीसँगै जानुभएकोले गाउँमा खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा हाल्नुभएको हो । ’

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले एक विज्ञप्ति जारी गर्दै संखुवासभा जिल्लामा तत्कालिन नेकपाको गाउँ कमिटीले आयोजना गरेको बृहत जनसभा र गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । सो हेलिकोप्टरको खर्च राज्यकोषबाट नगरी व्यक्तिगत तबरबाट भएको सुवेदीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।