लागुऔ’षधको लतले श्रीमतीको ह’त्या

काठमाडौँ, ४ चैत । लागुऔ’षधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको ह’त्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हा’नेर ह’त्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ ।

घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भन्नुभयो, “ह’त्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा भने लिएर भागेका थिए ।

घटना सोमबारको हो । मृ’तक श्रेष्ठको टाउकाको बायाँपट्टी गहिरो चो’ट, घाँटीमा नी’लडाम देखिएको प्रहरीले जनाएको छ । सापकोटा यसअघि लागुऔ’षध मु’द्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागुऔ’षध भने छाडेका थिएनन् ।

घटनापछि उनी नगद रु २३ हजार, श्रीमतीले लगाएका सुनका मुन्द्रा, बाला, सिक्री र श्रीमतीको आइफोनसमेत लिएर फरार भएका थिए । भाग्दै हिँडेका उनलाई प्रहरीले मङ्गलबार काठमाडौँको बल्खुस्थित फलफूल बजारबाट पक्राउ गरेको थियो । परिसरमा आज पत्रकार सम्मेलनमार्फत अभियुक्त र बरामद सामग्री सार्वजनिक गर्दै प्रमुख सिंहले विवाह भएदेखि नै उनीहरु बीच मत नमिलेको पाइएको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा सापकोटाले पारपाचुके गर्न पटकपटक दबाब दिँदै आएको पाइएको छ । उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

यस्तै अर्को ह त्या घटनाको समेत अनुसन्धान सम्पन्न गरी प्रहरीले सार्वजनिक गरेको छ । प्राप्त विवरणअनुसार टोखा नगरपालिका बस्ने २२ वर्षका आशिष लिम्बूलाई पाइपले घाँटीमा थि ची ह त्या गरी फरार भएका रौतहटका अब्दुल आलम, भारत मोतिहारीका भूपेन्द्रकुमार शाह र मोटरसाइकल वर्कसप सञ्चालक मोहम्मद कासिम मञ्सुरीलाई पक्राउ गरिएको छ ।

ह त्यापछि उनीहरुले शवलाई नजिकैको सडक छेउमा बाँसको झाङ्मा लगेर फ्याँकेका थिए । प्रहरी टोलीले उनीहरुलाई विभिन्न क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले मोहम्मद कासिम मञ्जुरीको मोटरसाइकल वर्कसपमा ह त्या गरेको खुल्न आएको छ । घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖