बालुवाटार बैठकमा ओलीले बोलाए गौतमलाई, गौतमले दिए यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार बालुवाटारमा संसदीय दलको बैठक बस्दैछ । सो बैठकमा नेता माधवकुमार नेपाल पक्ष सहभागी हुने छैन । सो समूहले ललितपुरको सानेपामा आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ ।

तर ओलीले बालुवाटार बैठकमा नेता बामदेव गौतमलाई पनि बोलाएका छन् । गौतम अहिलेसम्म ओली वा नेपाल समूहमा लागेका छैनन् । ओलीको तर्फबाट निम्तो दिन प्रमुख सचेतक विशाल भट्टराईले गौतमलाई बिहान फोन गरेका हुन् ।

गौतम निकटले भने बालुवाटार जाने–नजाने बारे निश्चित नभएको बताएका छन् । भट्टराईसँगको फोन वार्तामा गौतमले वालुवाटार आउने योजना नभएको बताएका थिए । साथीहरुसँगको छलफलपछि निर्णय लिने गौतमले बताएको स्रोतको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।