१५ दिनका लागि सवारी आवागमन बन्द

कुश्मा । सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ ।

अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ देखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा बन्द गरिने भएको हो ।

पूर्वाधार विकास कार्यालयले आरसिसी ढलानको काम हुने र सवारी आवतजावत गर्दा ढलान भत्कने तथा क्षतिग्रस्त हुने भएकाले सवारी साधन सञ्चालन गर्न नमिल्ने जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीले सडकको गुणस्तर नबिग्रियोस भनेर पूर्णरूपमा सवारी आवजावत बन्द गरिने जानकारी दिनुभयो ।

उक्त अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ । सडक बन्द हुँदा पकुवा, आर्थर, ठूलीपोखरी, कार्किनेटा, थापाठाना, खौलालाकुरीलगायतका क्षेत्रका यात्रुलाई समस्या पर्ने भएको छ ।

सडक बन्द हुँदा सिल्मी हुँदै साइकलचोक–गहतेपोखरा–लाम्पाटा–ठूलीपोखरी सडक प्रयोग गर्न सकिने छ । उक्त सडक केही किलोमिटर लामो भए पनि गुणस्तरीय रहेकाले सोही मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।