नेपाली सेनाबाट अवकाश भएपछि एक सय ५० घार मौरीपालन गर्दै घिमिरे

धादिङ : सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन्। सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन।

नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन्।

सेवा निवृत्त भए पनि समयको सदुपयोग गर्दै धादिङबेसीको व्यस्त बजारमा मौरीपालन गरेर आफू सक्रिय भएको उनले बताए। एक सय ५० घार मौरीपालन गर्दै आएका घिमिरे श्रीमती र कान्छा छोरा, बुहारीसँगै बस्दै आएका छन्। शहरी जनजीवन रहेको व्यस्त बजारमा मौरीपालन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण घिमिरेले दिएका छन्।

घिमिरेको मौरी साथि जस्तै लुटुपुटु हुने गर्नाले बिहान उठ्ने र घार हेर्ने गर्नु नियमित दिनचर्या बनेको छ। घारमा भएका मौरीको कुनै समस्या छ वा मौरीलाई अन्य रोगले आक्रमण गर्‍र्याे कि भन्ने चिन्ता जहिले पनि हुने गरेको उनले बताए।

धुवाँकोट, पुच्छारबजार र शान्तबजारमा मौरीपालन गर्दै आएका घिमिरे १८ वर्षदेखि मौरीसँग साइनो गाँसी रहेका छन्। घिमिरेले एक किलोग्राम महको रु एक हजार र मौरीसहितको घारको रु चार हजार ५०० मा बिक्री गर्ने गरेको बताए।

वर्षभरमा खर्च कटाएर रु डेढ लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गरेको घिमिरेले बताए । अरु व्यवसायीलाई बन्दाबन्दीले असर पारे पनि घिमिरेको मौरीपालनबाट लिने आम्दानीमा भने कुनै असर गरेन।

घिमिरेले विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्ने चाहना भएकाले र मौरीपालनसम्बन्धी चासो लागेको भएर मौरीपालन पेशा अंगालेको बताए। मौरीपालनको व्यावहारिक ज्ञान भएका घिमिरे अरुलाई समेत तालीम दिने गर्दै आएका छन्।

मौरी व्यवसायमा संलग्न भए पनि खेतीपाती गर्न आनन्दले पुग्ने उनले बताए। वर्षभरि मौरी पाल्ने र जेठ, कात्तिक र चैतमा मौरीबाट मह निकाल्ने गर्दै आएकाले यस समय मौरीलाई बढी नै स्याहार गर्नुपर्ने उहाँको भनाइ छ । सेना दिवसका अवसरमा घिमिरेलाई नेपालको उत्कृष्ट कृषकका रुपमा छनोट गरिएको थियो। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।