मर्स्याङ्दीमा ट्रक खस्दा मृ’त्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं, चैत ८ ।  मनाङमा भएको सवारी दुर्घटनामा मृ त्यु हुनेको संख्या ६ पुगेको छ। लमजुङ बेँसीशहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा शनिबार साँझा ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परेको हो।

बेँसीशहरबाट मनाङ जाँदै गरेको ट्रक सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा मृ त्यु हुनेको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए।

टुर्घटनामा तीन जनाको घटनास्थलमै मृ त्यु भएको थियो। नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको घटनास्थलमै मृ त्यु भएको हो।

त्यसैगरी चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ सदरमुकाम बेँसीशहर ८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृ त्यु भएको प्रहरी निरीक्षक पुनले बताए।

दुर्घटनामा गम्भीर घा इते भई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय बालक थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृ त्यु भएको छ।

दु र्घटनामा गम्भीर घा इते भएका ट्रक चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको भरतपुरमै उपचार भइरहेको छ।

चालक तामाङको टाउकामा चो ट लागेको छ भने सात वर्षीय बालकको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।