थलिएको पर्यटन उठाउन पर्यटकीय गाउँमा ‘हाइकिङ’

गलकोट, चैत ८ गते । कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ ।

समाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

“कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएको हो”, शर्माले भन्नुभयो “जिल्लाकै पहिलो ग्रामीण पर्यटनको केन्द्रको रुपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ ।” दुई घण्टाको पैदलयात्रामा बराहताल पुगेको हाइकिङमा सहभागी सुस्मिता केसीले जानकारी दिनुभयो ।

उहाँले बजार नजिकै रमणीय स्थान हेदै पदयात्रा गर्दा निकै आनन्द भएको बताउनुभयो । शर्माले हाइकिङपछि भकुण्डे पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा रहेको जनाउनुभयो । भकुण्डेको बराह ताल, दृश्यावलोकन स्तम्भ तथा मनोरम दृश्य र जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले यसलाई हाइकिङको रुटका रुपमा विकास गर्न आवश्यक रहेको हाइकिङमा सहभागी सौरभ केसीले जानकारी दिनुभयो ।

यही चैत १२ गतेसम्म विभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह सञ्चालन गरेको क्लबले जिल्लाको पर्यटन प्रवर्धन गर्नका लागि हाइकिङ गरेको हो । क्लबका अध्यक्ष शर्माको नेतृत्वमा २१ जनाको समूह उक्त एक दिनको पदयात्रामा सहभागी भएको क्लबले जनाएको छ । भकुण्डेमा स्थानीय उत्पादनबाट बनेको खाना तथा आतिथ्यताका लागि घरबाससमेत सञ्चालनमा रहेको छ । साताव्यापी रुपमा हुने कार्यक्रमअन्तर्गत तेस्रो दिन आज बानपा– ४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभूत विद्यालयमा फस्टएड बक्स वितरण गरिने सप्ताहका मूल संयोजक सौरभ केसीले जानकारी दिनुभयो ।

त्यसैगरी चैत ९ गते नेपाल पत्रकार महासङ्घ बागलुङ र रोट्र्याक्ट क्लब अफ बागलुङकाबीचमा मैत्रीपूर्ण फुटसल, १० गते बोर्ड व्यस्थापन, ११ गते दुर्घटना न्यूनीकरणका लागि सहयोग पु¥याउन मोटरसाइकल र स्कुटरमा सन्देशमूलक स्टिकर टाँस गर्ने र १२ गते छात्रवृत्ति वितरणसहित समापन गरिने केसीले जानकारी दिनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।