मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन

बिराटनगर,११ चैत । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक सम्पन्न भएको छ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधित विधान पारित गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन समेत दिएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक बसेको प्रदेश १ को संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ।

सुवेदीले बैठकमा नेपाल–खनाल पक्षका सांसदहरु पनि उपस्थित भएको बताए। मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका सांसद बैठकमा उपस्थित भएको उनले बताए।

उनले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका सांसद टंक आङ्बुहाङ दलको बैठकमा उपस्थित भएको जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।