यसरी गरियो आफ्नै काकाको छोराको अ’पहरण गरी ह’त्या
लहान: आफ्नै काकाको छोराको अ पहरण गरी ह त्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अ पहरण गरी ह त्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो ।
ह त्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फेला परेको थियो । शिवकुमारको ह त्या उनकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
“विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अ पहरण गरी ह त्या गरेको खुलेको छ”, प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने, “हत्यामा संलग्न दुवैलाई पक्राउ गरिएको छ ।”
विष्णुले सालो इन्द्रदेवसँग मिलेर शिवकुमारको अ पहरण गरी उनको परिवारसँग ५० लाख फिरौती मागेको र फिरौतीबापतको रकम नदिएपछि गत चैत ८ गते राति ह त्या गरी शव कङ्क्रिटले छोपेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट विष्णुले आफ्नै काकाको छोरा शिवकुमारको फिरौती र अ वैध सम्बन्धका कारण ह त्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
विष्णु यसअघि दुई वर्ष जेल बसेका थिए । त्यस क्रममा विष्णुकी पत्नीसँग शिवकुमारको अ वैध सम्बन्ध भएको रिसिइबी र शिवकुमारका दाजु दुई साताअघि मात्रै वैदेशिक रोजगारबाट फर्किएकाले माग जति फिरौती पाउने लोभमा अ पहरण गरी ह त्यागरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए ।रासस


