कहिले आउला घरघरमा धारा

बलेवा, बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन् । सामुदायको सक्रियतामा निर्माण भएका कतिपय गाउँ छेउका धारामा हिउँदको समयमा पानी खस्दैन ।

भीमगिठेमा रहेको पानीको समस्या सामाधानका लागि नेपाल सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गर्ने भनेपछि यहाँ शुरु भएको ‘विरही खानेपानी आयोजना’ समेत बजेटको अभावले अलपत्र परेपछि स्थानीय थप समस्यामा परेका छन् । यो खानेपानी आयोजना २०७३ सालमा शुरु भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत बजेट प्राप्त भएर काम शुरु भएको यो आयोजना क्रमागत आयोजना हो ।

अहिले यो खानेपानी आयोजनाको काम गर्ने वा नगर्ने अवस्थामा छ । “यो वर्ष बजेट चार लाख विनियोजन भएको कुरा छ तर निकासा नपाउँदा काम थाल्न सकिएको छैन ।” आयोजना उपभोक्ता समितिका अध्यक्ष रणबहादुर घर्तीमगरले भन्नुभयो, “वर्षौं भयो बजेट कम हुँदा काम गर्न सकिएको छैन ।”

भीमगिठेका १४९ घरपरिवारलाई घरघरमै धारा पु¥याउन यो आयोजना शुरु भएको हो । यसअघि दुई वटा मुहानबाट पानी ल्याउने गरी आयोजना शुरु भएको थियो । पहिलो र दोस्रो वर्ष लगाएर मुहानमा बनाइएका इन्टेक र केही पाइप बिच्छाउने कामबाहेक थप काम हुन नसकेको घर्तीले बताउनुभयो । आयोजना शुरु भएको चार वर्ष बितिसक्दासमेत धारा बनेर पानी आउने वातावरण नबनेको स्थानीय रामबहादुर रायमाझी बताउनुहुन्छ ।

पानीको समस्याका कारण यहाँका सर्वसाधारण पशुचौपाया तथा सरसफाइका लागि पानी प्रयोग गर्न पाउँदैनन् । भीमगिठेमा रहेको सामाजिक संस्था, विद्यालय तथा स्वास्थ्य संस्थामा समेत पानीको अभाव छ । अघिल्लो वर्ष आठ लाख रुपैयाँ खर्चेर यो आयोजनामा काम भएको थियो । पानी जम्मा गर्ने ट्याङ्की, पानी वितरण गर्ने ट्याङ्की र घर घरमा धारा बनाउने र पाइपको काम बाँकी छ । क्रमागत आयोजना भएकाले वर्षेनी विनियोजन हुने बजेटका आधारमा स्टमेट भएर काम हुने गरेको अध्यक्ष घर्तीले बताउनुभयो । आयोजना सम्पन्न हुँदा करोड बढी खर्च हुने भए पनि बजेट अति न्यून भएकाले काम सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।

बरेङमा खानेपानी समस्या

याता बागलुङको बरेङवासीले पिउने पानीको अभाव झेल्दै आएका छन् । सडक कालोपत्र गर्दा भत्केको पाइप र ट्याङ्की मर्मत नहुँदा स्थानीयले समस्या भोग्दै आएका हुन् । बरेङ गाउँपालिका–१ झुले बरेङ खानेपानी तथा सरसफाइ योजना गत आवको असारमा सकिएको थियो । काम सकिए पनि धारामा पानी नचढेपछि बरेङ बजार बासिन्दाले हैरानी खेप्नुपरेको हो ।

केपी कन्ट्रक्सन पोखराले रु ५१ लाखमा खानेपानी आयोजना निर्माण गरेको थियो । अर्थ मन्त्रालयको विशेष अनुदानमा निर्माण गरिएको आयोजनाबाट पानी नआएपछि आफूहरुले हैरानी खेप्नुपरेको होटल व्यवसायी सङ्घका अध्यक्ष टिकेश गलामीले बताउनुभयो । गलामीले धारामा पानी नचढ्ने समस्याले टाढा पुगेर खेप्नुपरेको गुनासो गर्नुभयो । “निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दासमेत मर्मत गरेर पानी चलाउने विषयमा कुनै पहल भएको छैन”, उहाँले भन्नुभयो, “पुरानो संरचना भत्काएर नयाँ बनाए पनि प्राविधिक कमजोरीका कारण धारामा पानी आएन ।”

खुला सडकमा पाइप राख्दा पटकपटक फुट्ने गरेकोसमेत गलामीले बताउनुभयो । सडक निर्माणका क्रममा सबै धारा भत्काइएपछि अहिलेसम्म बनाइएको छैन । खानेपानीको राम्रो व्यवस्थापन नहुँदै ठेकेदार कम्पनीले गाउँपालिकालाई आयोजना हस्तान्तरण गरेपछि यो सास्ती परेको उपभोक्ता समितिका अध्यक्ष ललित उपाध्यायले बताउनुभयो ।

ठेकेदारले झुले–बरेङ–पात्ला–बाँस्कोट खानेपानी उपभोक्ता समितिलाई जानकारी नै नदिइ पालिकालाई हस्तान्तरण गरेका थिए । उपयुक्त स्थानमा खानेपानी ट्याङ्की नबनेकाले पटकपटक समस्या आएको उहाँको भनाइ छ । “शुरुमा राष्ट्रिय आयोजनाको काम भनेर स्थानीय खुशी भए”, उहाँले भन्नुभयो, “काम अलपत्र पारेर ठेकेदार हिँडेपछि सास्ती भएको छ ।” आयोजनाबाट २०० घरधुरी प्रभावित भएका छन् ।

यो आयोजनाबाट तङ्ग्राम, सिग्दी, अर्लाङटुङ, काउलेचौर सोलार लिफ्टिङ खानेपानीका उपभोक्तालेसमेत हैरानी खेप्नुपरेको छ । बरेङ गाउँपालिका सवइञ्जिनीयर जुद्ध पुनले ठेकेदार कम्पनीले योजना हस्तान्तरण गरेको दुई वर्षसम्म बिग्रेको खण्डमा बनाउने शर्त रहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।