रातो हाब्रे तस्करी : सोलुखुम्बुबाट थप दुई पक्राउ

सोलुखुम्बु: दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गत आइतबार महाकुलुङबाट सातवटा रातो हाब्रेको छाला र पाँचवटा पासोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको शिकारमा संलग्न भएको आशङ्कामा पक्राउ परेकाहरुकै बयानका आधारमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीयवासी २७ वर्षीय दिलकुमार राईलाई शनिबार जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शिकार खेल्न गएको भन्ने सूचनाका आधारमा वाकु प्रहरी चौकीका प्रहरी हबल्दार मनोजकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए । उनको साथबाट प्रहरीले बन्दुकमा प्रयोग हुने २६ थान सलाई, १०० ग्राम बारुद, १५० ग्राम फलामको किटलगायतका सामग्री बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोज्दा उनको दाहिने हातमा चोट लागेको छ । राईलाई उपचारका लागि आइतबार मिसन अस्पताल ओखलढुङ्गा पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।