नेपाल र रावल ६ महिना निलम्बित, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण
काठमाडौं, चैत १६ । नेकपा–एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ।
उनीहरुले यसअघि पार्टीलाई दिएको स्पष्टीकरण तथ्यहीन, गलत र भ्रामक भएको भनी सो कारबाही गरिएको पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले बताए।
नेपाल र रावलले शुक्रबार स्पष्टीकरण बुझाएका थिए।
पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ।
उनीहरुले तीन दिनभित्र स्पष्टीकरण किन नदिएको भनी सोध्न लागिएको ती नेताले बताए।


