जंगलको आ’गो निभाउन जाँदा भिरबाट ल’डेर एकजनाको मृ’त्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट ल डेर एक वृद्ध पुरुषको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृ त्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
उनका अनुसार प्रजाको गए राति जङ्गलको आ गो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट ल डेर मृ त्यु भएको हो । मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृ तक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ ।-file photo


