त्रिसट्ठी वर्षीया सौतेनी आमा ब लात्कार गर्नेलाई ज न्मकैदको फैसला
इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई ब लात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए ।
विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आ रोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी ब लात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए ।
भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आ रोपितलाई भदौ १० गते प्रहरीले गि रफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


