बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं । सुनको मूल्य आज एकैदिन ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर हुँदै गएकाले नेपाली बजारमा पनि केही दिन भाउमा उतारचढाव आउने उनले बताए ।

विश्वमा कोरोनाको जोखिम फेरि बढेकाले लगानी क्षेत्र निश्चित भएको छैन । लगानी सुरक्षित गर्न धेरैले सुनमा लगानी गर्न थालेकाले सुनको माग बढ्दा भाउ बढेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔंस १७ सय १२ दशमलव ९ डलर रहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।