१३ जनालाई अ’पंगता सहायक सामाग्री प्रदान
नारायण कुमार राई/धनकुटा,२९ चैत्र । छथर जोरपाटी गाउँपालिका धनकुटाले १३ जना अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ ।

पालिकाले अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अध्यक्ष तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरेर उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
पहिलो चरण अन्तर्गत ४९ जनालाई सहायक सामाग्र्री बितरण गर्ने कार्यक्रम अन्तर्गत उक्त सामाग्री बितरण गरिएको पुनःस्थापना कार्यक्रमका सि.बि.आर.सहजकर्ता प्रदिप ओझाले जानकारी दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले ९ जनालाई ट्रिपोट स्टिक,२ जनालाई एङ्कल बाईन्डर,१ जनालाई वाकर र १ जनालाई ह्वाईट स्टिक प्रदान गर्नुभएको थियो ।
०७६ सालबाट शुुरु भई ३ बर्ष सम्म चल्ने यो अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सामाजिक बिकास प्रदेश मन्त्रालय,गाउँपालिका र करुणा फाउण्डेशनको त्रिपक्षिय साझेदारीमा सन्चालनमा रहेको छ ।
चालु आर्थिक बर्षमा कार्यक्रमका लागि ५१ लाख खर्च गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो । हाल छथर जोरपाटी गाउँपालिकामा परिचय–पत्र बितरण गरिएका ३१० जना अपांगता भएका ब्यक्तिहरु रहेका छन् ।


