भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला

दमौली: तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन्।

वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन्। त्यस क्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए। पहिचान भएका चराहरुको फोटोसहित रेकर्ड राखिएको छ।

गत वर्ष हिउँदको समयमा यसै क्षेत्रमा १४१ प्रजातिका चराहरु रेकर्ड गरिएको थियो। “गर्मी समयमा पाइने विभिन्न चराहरुको अवलोकन गरी तिनको तथ्याङ्क राखेका छौँ”, महर्जनले भने। चरा अवलोकन कार्यलाई चराविज्ञ टेकबहादुर घर्ती र रेञ्जर लव गुरागाईँले सहजीकरण गरेका थिए। चरा अवलोकन कार्यमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेललगायतको सहभागिता थियो।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ।

भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ। प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ।

वन्यजन्तु सप्ताह सुरु

‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ भन्ने मूलनाराका साथ बुधबारदेखि वन्यजन्तु सप्ताह सुरु भएको छ। वन्यजन्तु सप्ताहका अवसरमा चरा अवलोकन र संरक्षित क्षेत्रका सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, पर्यापर्यटन विकास गरी स्थानीय जनताहरुको आर्थिक विकासका लागि भानुभक्त प्राणी उद्यान आकर्षणको केन्द्र हुने बताए।

उनले यसको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि सबै तहबाट सहयोग हुनुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वन र वन्यजन्तु संरक्षणका लागि सरोकारवाला सबै निकायबीच समन्वय र सहकार्य भएमा सफलता प्राप्त गर्न सकिने बताए।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।