खुट्टा बाँधेर गाडिएको अवस्थामा श’व फेला
बागलुङ । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा श व फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको श व फेला परेको हो ।
खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा श व फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
श वको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । श व गलेको अवस्थामा फेला परेको छ । कसैले ह त्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।-रासस


