राप्रपाको ‘सरप्राइज’, मुख्यमन्त्री शाहीको पद धरापमा
काठमाडौ । अविश्वासको प्रस्तावको सामना गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । अन्तिम अवस्थामा आएर राप्रपाले उनलाई साथ नदिने भएको छ । प्रदेशसभामा आज विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहीलाई राप्रपाले अन्तिम अवस्थामा सप्राइज दिएको हो ।
कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदमध्ये नेकपा एमालेसँग २० सांसद छन् । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण १२ सांसदमात्र छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत पाउन २० सांसद आफ्न पक्षमा पार्नुपर्छ । ६ सांसद रहेको काँग्रेसको समर्थनले मात्र उनको पद जोगिन्न । एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले शाहीलाई सहयोग गरे मात्र उनको पद जोगिन्छ ।
माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा पनि २० सांसद आवश्यक छ । एमालेका दुई सांसदले उनलाई साथ दिए भने मात्र उनको सरकार जोगिन्छ । एमालेका सांसदले फ्लोर क्रस गरेनन् भने मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने प्रस्ट देखिएको छ।


