एमाले महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्। आज दिउँसो १ बजेका लागि उनले बालुवाटारमा बैठक बोलाएका हुन्। बैठकमा ओलीले पछिल्लो परिस्थितिमा सरकार कसरी अघि बढ्दा ठीक होला भन्ने विषयमा सदस्यहरुबाट राय लिने बताइएको छ। माधव नेपाल समूह भने बैठकमा सहभागी नहुने भएको छ ।

त्यसैगरी बैठकले विभिन्न स्थानमा पार्टीलाई असहयोग गर्ने नेताहरुलाई कारबाही अघि बढाइने पनि तयारी गरेको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवाष नेम्बाङले जानकारी दिए। विषेश गरी कारवाहीका लागि सिफारिस भएका नेताहरुमाथि आजको बैठक केन्द्रीत रहने उनले बताए। ‘कारवाहीका लागि सिफारिस भएका नेता र अरु केही नेताहरुमाथि कारवाही हुन्छ,’ नेम्वाङले भने, ‘पार्टीका विभिन्न निकाय गठन गर्नुपर्ने छ। त्यसको बैठको सामान्य मिति तोक्ने र अब कसरी अगाडि बढने भन्ने एउटा साझा धारणा पनि बनाउनु छ।’

कर्णालीमा फ्लोर क्रस गरी पार्टीको ह्विप उल्लंघन गरेका चार जना सांसदलाई यसअघि एमालेले कारवाहीका लागि सिफारिस गरेको थियो। उनीहरुले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो।

प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका थिए। मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमाका प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा, कुर्मराज शाही छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।