विद्यालय वैशाख मसान्तसम्म बन्द

ललितपुर, ६ वैशाख । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरिएको हो ।

विद्यालय सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने वा गरिने, कक्षा ८ र १० पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ पालना गरी यही वैशाख १५ गतेभित्र सम्पन्न गर्नुपर्ने, हरेक विद्यालयले स्वास्थ्य सुरक्षा पालना गरे वा नगरेका विषयमा नियमित अनुगमन गरिने शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाको सङ्क्रमण दर फैलँदै गएमा कक्षा ८ को अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षा विद्यार्थीलाई दिइएको परियोजना कार्यको मूल्याङ्कन यसअघि लिएको परीक्षाको औसत अङ्क अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्याङ्कन गर्नेगरी उक्त कार्यको तयारीसमेत गरेको वा गर्न अनुरोध गरेका छाँै ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।