बोलेरोको ठक्करबाट पैदलयात्रीको मृ त्यु
चितवन, ८ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घा इते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृ त्यु भएको हो ।
बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृ त्यु भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।-(रासस)


