ओलीको प्रस्ताव अस्वीकार गर्दै बिचैमा हिँडे वामदेव

काठमाडौं । बिहिबार मेरियट होटलमा नेता माधव कुमार नेपालसंग झनै कुरा बिग्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई डिनरका लागि बोलाए । बिहिबार साँझ ओली र गौतमबीच लामै समय मिठा कुरा भएपनि परिणम भने सुखद् आएन ।

अत्यन्त संकटमा परेका बेला नेता फकाउने र आफ्नो पल्ला भारी बनाउने ओलीको पुरानै शैली यसपटक पनि देखियो । बिहिबार साँझ पनि आफूलाई साथ दिन आग्रह गरे प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीबाट पटक पटक धोका खाएका उपाध्यक्ष गौतमले भने उनको अस्वीकार सिधै गरेका छन्। ओलीले आफूसँग साथ र सहयोग मागेको नेता गौतमले बताएका छन् ।

यसअघि पनि एमाले एकता कायम राख्न ओलीले केहि निर्णयबाट पछि हट्नुपर्ने बताएका उनले फागुन २८ गते भएका अवैधानिक निर्णय फिर्ता लिन आग्रह गरे । गौतमले फागुन २८ को निर्णय फिर्तापछि मात्रै साथ दिन सकिने ओलीलाई जवाफ फर्काएका थिए ।

ती निर्णयहरु फिर्ता नहुने जवाफ ओलीले दिएपछि आफूले पनि ओलीलाई साथ दिन नसक्ने जवाफ फर्काएको भन्दै गौतमले प्रेस नोटमा बताएका छन् ।

उनले भनेका छन्, ‘हिजो ९ गते क। केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।