बालिका र शेरधनको सम्बन्धबारे पत्नी जाङ्मुले मुख खोलिन्

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै चरित्र ह त्याको हर्कत भएको आरोप लगाएकी छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा उत्रिने दाबीसमेत गरेकी छन्।

‘मेरो श्रीमानविरुद्ध विगत लामो समयदेखि चरित्रह त्या मात्र होइन, उहाँको व्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुँदै आएको र अनेकन चरित्र ह त्याका हर्कत र आक्रमणका घटनाहरु हुँदै आएको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानोमात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु !’

दोलखाकी एमाले कार्यकर्ता बालिका खड्काले शेरधनविरुद्ध आफूलाई शारीरिक शो षण गरेको आरोप लगाउँदै आएकी छन्। बिहीवार थापाथलीस्थित एमालेको नयाँ पार्टी कार्यालयमा समेत खड्काले मुख्यमन्त्री राईविरुद्ध तथानाम भनेकी थिइन्। उक्त सामग्री सामाजिक सञ्जालमा आएपछि शेरधनपत्नी जाङ्मुले उक्त प्रतिक्रिया जनाएकी हुन्।

जाङ्मुले बालिका आफैले शेरधन निर्दोष रहेको कागज गरिसकेको उल्लेख गर्दै यस्तो हर्कत नगर्न चेतावनी दिएकी छन्। ‘स्वयं त्यही महिलाले उहाँ निर्दोष हुनुहुन्छ, मैले अरुको उक्साहटमा उहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यालय र मिडियाहरुमा स्वयंको हस्ताक्षरमा लिखतहरु सार्वजानिक गरिसकेकी छिन्। तर फेरि आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने ?’ उनले थप भनेकी छन्, ‘नियोजित, प्रायोजित ढंगबाट अरु कुनै केही गल्ती कमजोरी नपाएर, आफ्नो राजनीतिक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिवाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ!’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।