मोटरसाइकल दुर्घटनामा महिलाको मृ त्यु

दमक, १२ वैशाख (रासस) : मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दु र्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृ त्यु भएको हो । दु र्घटनाबाट ग म्भीर घा इते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

राईलाई पत्नीशोक

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नीशोक परेको छ । पाँचथर रविमा जन्म भई हाल झापाको कमलगाउँँपालिका–५ मङ्गलबारे बजारमा बसोबास गर्नुभएका उहाँकी ७२ वर्षीया श्रीमती इन्द्रकुमारी राईको आज बिहान असमायिक निधन भएको हो ।

श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दैआउनुभएका उहाँको आज बिहान १.३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको आज बिहान ११ बजे झापाको कमल–५ सावित्राचोक उत्तर जङ्गलमा अन्येष्टि गरिने जनाइएको छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।