विराटनगरमा उपचाररत दुई सङ्क्रमितको मृ त्यु
विराटनगर / विराटनगरमा उपचाररत दुई जना कोरोना भाइरस सङ्क्रमितको आज (बुधबार) बिहान मृ त्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका सङ्क्रमित पुरुषको मृ त्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय सङ्क्रमित पुरुषको मृ त्यु भएको छ ।
उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएका पुरुषमा निमोनियाको पुरानै समस्या रहेको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृ त्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएको थियो ।
सङ्क्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृ त्यु भएको दाहालले बताए । मृ तकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ । दुवै मृ तकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दाहालले दिए ।


