धरानमा उपचाररत एक युवकको कोरोना सङ्क्रमणले मृ त्यु
सप्तरी, १६ वैशाख (रासस) : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृ त्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृ त्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिनुभयो ।
ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृ त्यु भएको जानकारी दिनुहुँदै अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले आजै गाउँमा शव गाडिसकिएको बताउनुभयो ।


