पुल भत्किएको घटनाको छानबिन गर्न माग

दमौली, १७ वैशाख । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ ।

जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा अगावै नदीबाट हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

चितवनका सङ्घीय सांसद, वागमती प्रदेशका सांसद, तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित सहभागी बैठकले पुल सम्पन्न नहुँदासम्म तनहुँ र चितवन जिल्ला समन्वय समितिको नेतृत्वमा संयुक्त अनुगमन समिति गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । “दुई÷दुई पटक पुल क्षतिग्रस्त हुनुको मुख्य कारण के हो र कसको लापरवाही हो भन्ने विषयमा छलफल पश्चात् छानबिनका लागि मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक स्थल देवघाटधाम हुँदै मुक्तिनाथ करिडोरलाई जोड्ने गरी देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समावेश भई रु २१ करोड लागत रहेको पुल यही वैशाख १२ गते दोस्रो पटक भत्किएको थियो । यसअघि गत चैत २४ गते सो पुलको केही भाग भत्किएको थियो । वैशाख १२ गते पुल भाचिँदा नदीमा खसेर दुई जनाको मृत्यु भएको थियो ।

बैठकमा तनहुँबाट जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, समन्वय समितिका सदस्य एवं प्रवक्ता गुरुङको सहभागिता थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।