प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ। ‘प्रधानमन्त्रीज्यू केहीबेरअगाडि सभापति निवास आउनुभएको हो। अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ,’ उनले भने।

उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि प्रधानमन्त्री ओलीसँगै बुढानिलकण्ठमा छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ।

यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो। कांग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरी बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारसमेत तय गरिसकेका बेला प्रधानमन्त्री ओली देउवा भेट्न पुगेका हुन्।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको छ। बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।