एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षलाई थप कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। राष्ट्रियसभाको उप निर्वाचनको लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। ‘उपनिर्वाचन तयारीको लागि बैठक बस्न लागेको हो,’ बैठकका एजेण्डाबारे बुझ्न खोज्दा नेता नेम्बाङले भने।

तर, स्रोतले भने आजको बैठकले माधव नेपाल पक्षका सांसदलाई थप कारबाही गर्न सक्ने दाबी गरेको छ। राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गरेको सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्।

कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टीले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय बुधबार मात्र गरेका छन्। उनीहरुले एमालेको नेपाल खेमाका नेता डा।खिमलाल देवकोटालाई उम्मेदबार बनाउने निर्णय गरेका छन्। बाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

एमाले ओली समूहले भने माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ। आजको बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा लिन लागेको विश्वासको मतसहितका समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ। ओलीले बोलाएको आजको बैठकमा पनि आफूहरु सहभागी नहुने नेपाल समूहका नेताहरुले बताएका छन्।

ओलीले वैशाख ६ गते एमालेका वरिष्ठ नेता माधव नेपालसहित २७ जना नेतालाई स्पष्टीकरण सोधेका थिए। त्यसअघि चैत १६ र १९ गते उनले नेपालसहित चार नेतालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।